प्रदेश ३ को नाम र राजधानी ः सर्वसम्मतिको तयारी गर्दै नेकपा

प्रदेश ३ को नाम र राजधानी ः सर्वसम्मतिको तयारी गर्दै नेकपा

दलले प्रदेश(३ को राजधानी र नामकरणको विषयमा सर्वसम्मत ढंगले अगाडि बढाउने तयारी गरेको छ। दलका मुख्य सचेतक तथा नेकपाका केन्द्रीय सदस्य रामेश्वर फुँयालले नाम र राजधानीको विषयमा सबैको मत एक हुने गरि संसदीय दलले निर्णय गर्ने तयारी गरेको बताए ।
मुख्यमन्त्रीद्वारा एकजुट हुन आग्रह बैठकको सुरुवातमा मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणि पौडेलले ऐजेण्डाका बारेमा जानकारी गराएका थिए। बैठकमा ऐजेण्डाका बारेमा जानकारी दिँदै मुख्यमन्त्री पौडेलले पार्टीको सचिवालयले गरेको निर्णयअनुसार प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र नाम वागमती कायम गर्न सबै एकजुट हुनुपर्ने बताएका थिए ।
उनले दुई वर्षदेखि चर्चामै सीमित भएको विषयलाई यही पुस २२ गतेसम्ममा सर्वसहमत रूपमा पारित गर्नुपर्ने उल्लेख गरे । नेकपाका सबै सांसदलाई उनले सचिवालयको निर्णयलाई एकमतले पारित गरेर राजधानी र नामको टुंगो लगाउँदै स्थायी मानसिकताबाट कामको सुरु गर्नुपर्ने बताए ।

सम्बन्धित खवर