पथरी, नेपाल रेडक्रस सोसाइटी बयरवन उपसाखाको वार्षिक साधारसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४३ पिन्ट रगत संकलन भएको छ ।
२३ वर्ष अघि देखि वयनर, कानेपोखरी क्षेत्रमा सक्रिय रहेको शाखाले शुक्रबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । २ सय ८५ सदस्इ रहेको यस उपशाखाले अहिले पनि विपतमा सबैको सहयोग र उद्धार गर्दै आएको उपशाखाका अध्यक्ष नेत्र थापाले बताए । साधारणसभाले आगामी आर्थिक वर्षका लागि कुल ७० हजार बराबरको कार्यक्रम तय गरेको छ ।
साधारणसभामा रेडक्रस बयरवनलाई योगदान दिने व्याक्तिहरुलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा तारा वाहादुर काफले, धनपति पराजुली, भोला पराजुली, तेज पराजुली, हरि पौडेल, ओम प्रसाद वजगाई छन् । हाल २ सय ८५ जना आजिवन सदस्य रहेकामा आगामी वर्ष ३० जना आजिवन सदस्इ थप गर्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताए । कार्यक्रममा प्रमुख अतिथि रहेका कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्ले भने अनुपस्थीत रहे । सभामा वडा नं. ३ का अध्यक्ष किर्तिमान मादेन, ६ का खड्ग बस्नेत, ७ का मोहन अधिकारी लगाएतले शुभकामना मन्तव्य राखेका थिए । सभामा रेडक्रसका पदाधिकारीहरु सन्जय भटटराई, शुरेन्द्र गिरीले रेडक्रसको योगदानको बारेमा चर्चा गरे ।