संविधान पूर्ण कार्यान्वयन गर्न सफल भएका छौँ ः मन्त्री प्रदिप ज्ञावली

संविधान पूर्ण कार्यान्वयन गर्न सफल भएका छौँ ः मन्त्री प्रदिप ज्ञावली

पथरी, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले अहिलेको सरकारले संविधान पूर्ण रुपमा कार्यान्न्वयन गर्न सफल भएको बताएका छन् । शुक्रबार मदन भण्डारी प्रतिष्ठान नेपालको १९ वार्षिक साधारसभालाई सम्बोधन गर्दै ज्ञावालीले यस्तो बताएका हुन् । ‘‘हिजो संविधान मान्दैनौ भन्दै संविधान जलाउदै हिड्नेलाई पनि आज हामीले सरकारमा ल्याउन सफल भएका छौँ । संविधान नै मान्दैनौ भनेका दलहरु आज एक एक गर्दै सरकारमा समेल भइरहेका छन् । संविधानको पूर्ण कार्यान्वयन गर्नु सरकारको दायित्व हो त्यसमा सरकार प्रतिवद्ध छ ।’’ मन्त्री ज्ञावालीले भने ।

मन्त्री ज्ञावलीलीले विप्लवलाई पनि आत्म हत्याको बाटो छाडेर सरकारमा सामेल हुन आग्रह गरेका छन् । वर्तमान सरकार समृद्धिको बाटोमा हिडेकाले अव सिमा विवाद लगाएतका कुराहरु कुटनैतिक पहलबाट समाधान हुने कुरामा विश्वस्त हुन आग्रह गरे । आगामी १० वर्षमा नेपालले आर्थिक हिसाबले एसियामा ठुलो फड्को मार्ने समेत दावी गरेका छन् ।

मदन भण्डारीको सपना साकार पार्नका लागि अव सबै जनप्रतिनिधिले जनताको हितमा काम गर्नुपर्नेमा पनि जोड दिए । समाज विकासका लागि भण्डारीको विचारलाई आत्मसाथ गरेर अगाडी बढ्नुपर्ने ज्ञावलीको भनाइ थियो ।

सो अवसरमा प्रदेश नं. १ का सामाजिक विकाश मन्त्री जिवन घिमिरेले प्रतिष्ठानले प्राविधिक तथा सामुदायिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे। साधारणसभामा उत्कृष्ट विद्यार्थी, महिला समुह लगायतलाई पुरस्कृत समेत गरिएको छ ।

सम्बन्धित खवर