मोटरसाइकल दुर्घटना हुँदा पथरीका दुई पत्रकार घाइते

मोटरसाइकल दुर्घटना हुँदा पथरीका दुई पत्रकार घाइते

पथरी, मोरङ पथरी शनिश्चरेका दुईजना पत्रकार मोटर साइकल दुर्घटनामा घाइते भएका छन् ।

शुक्रबार मोरङको कानेपोखरी ६ रमाइलोमा रेडक्रस सोसाइटी बयरवन उपशाखाको साधारणसभाको रिपोटिङ गरेर फर्कदै गरेका पथरी शनिश्चरे १ का गोपाल काफ्ले र सोही नगरपालिका १० का विवेक न्यौपाने घाइते भएका हुन् । कानेपोखरी–रङ्गेली सडक खण्डको बरगाछी क्षेत्रमा दुर्घटना भएको हो । काफ्लेको घँुडामा गहिरो चोट लागेको छ । न्यौपाने भने सामान्य घाइते भएका छन् । हाल दुवैजना पथरीको मोरङ हस्पिटलमा उपचार पछि घर फर्किएका छन् ।

पत्रकार द्वय सवार को २२ प २०९ नं. मोटरसाइकल संगै आइरहेको को २ च ३४४६ नं. को पिकअप भेनले अगाडी बढेर अचानक ब्रेक लगाउदा दुर्घटना हुन पुगेको न्यौपानेले बताए । छोटो दुरीमा बिच सडकमा नै गाडी रोकिदा आफ्नो मोटरसाइकल ब्रेक लगाउँदा लगाउदै पनि चिप्लिएर पिकअपको पछाडी ठोकिएको न्यौपानेको भनाइ छ । आफुले समयमा ब्रेक नलगाएको भए मानवीय क्षति हुने सम्भावन रहेको न्यौपानेले बताए ।

पत्रकार काफ्ले एभिन्युज टेलिभिजनका पथरी संवादाता हुन् भने न्यौपाने रेडियो सिम्रिकका समाचार प्रमुख हुन् ।

सम्बन्धित खवर