पश्चिमी वायुको प्रभावका कारण आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम पर्सी सम्म जारी रहने महाशाखाको भनाई छ । विशेषगरी मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा आज हिमपातको सम्भावना रहेको मौसमविद् विभुति पोख्रेलले जानकारी दिनुभयो ।
काठमाडौसहित देशका पूर्वी र मध्य क्षेत्रमा आज दिउँसो सामान्य वर्षाको सम्भावना समेत रहेको पोख्रेलले बताउनुभयो । यसैबीच मुगुमा हिजोबाट पुनस् हिमपात सुरु भएको छ । हिमपातले गर्दा जनजीवन कष्टकर बनेको छ । रारा, मुर्मा, सोभा, बामलगायत क्षेत्रमा ५ इन्चभन्दा बढी हिउँ जमेको हाम्रा सहकर्मी राज शाहीले बताएका छन् । हिमपातका कारण गमगढीमा मोवाइल नेटर्वक र इन्टरनेट सेवा समेत प्रभावित बनेको छ ।
