पश्चिमी न्यून चापिय प्रणाली नेपालमा, सुदूरपश्चिममा पानी

पश्चिमी न्यून चापिय प्रणाली नेपालमा, सुदूरपश्चिममा पानी

पश्चिमी न्यून चापिय प्रणालीका कारण देशका अधिकांस स्थानको मौसम बदली भइरहेको छ । सुदूरपश्चिम क्षेत्रमा अहिले हल्का पानी परीरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम खालको हिमपात समेत महाशाखाकी मौसमबीद् मन्जु बासीले जानकारी दिइन्। उनका अनुसार आज दिउँसो र साँझ देशका पश्चिमी क्षेत्रमा न्युन चापिय प्रणालीको असर बढी देखिन्छ ।
मध्य क्षेत्रमा पनि आज यस प्रणालीको सामान्य असर देखिन्छ। काठमाडौं उपत्यकासहित अधिकांश मध्य क्षेत्रको मौसम आज आंशिक देखि सामान्य बदली हुनेछ । काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।

सम्बन्धित खवर