ओखलढुंगाको वडा कार्यालयसहित नौ घरमा चोरी, दुई भारतीय पक्राउ

ओखलढुंगाको वडा कार्यालयसहित नौ घरमा चोरी, दुई भारतीय पक्राउ

ओखलढुंगामा वडा कार्यालयसहित नौ वटा घर तथा पसलमा चोरी भएको छ । चोरी गर्ने समुहको पहिचान भएको छैन । चोरी प्रकरणमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
गत सोमबार मध्यराती सिद्धिचरण नगरपालिका–३ अधेरी नारायणस्थानस्थित वडा कार्यलय र स्थानीयको घरको ढोका फोडेर नगद तथा गरगहना चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
दिउँसो दुई जना भारतीय नागरिक तन्ना बेच्ने बहानामा भारतीय मोटरसाइकल प्रयोग गरी आएको र बेलुकीपख चोरी भएपछि स्थानीयले उनीहरुकै संलग्नता भएको आंशका गरेका छन् । वडा कार्यालयबाट २ हजार १ सय रुपौयाँ चोरी भएको वडा कार्यलयले जनाएको छ । त्यस्तै स्थानीय शम्सेर राईको पसलबाट एक लाख रुपैयाँ चोरी भएको राईले बताए ।
अन्य पसलहरुबाट भने ८ देखि १० हजारसम्म चोरी भएको राइले बताए । वडा कार्यलय र स्थानीय सहितको लगभग २ लाख पचास हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले बताएका छन्
घटनापश्चात स्थानीयले शंका गरेका दुई भारतीय नागरिकलाई रमाइलोडाँडाबाट नियन्त्रणमा लिइ सोधपुछ अनुसन्धान थालिएको जनाइएको छ ।

सम्बन्धित खवर