‘सिद्धबाबा’लाई रिहा गरेको विरोधमा चतरामा प्रदर्शन

‘सिद्धबाबा’लाई रिहा गरेको विरोधमा चतरामा प्रदर्शन

धार्मिकस्थल चतराधामका ‘सिद्धबाबा’ भनिने कृष्ण बहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले कारबाही नै नगरि धरौटीमा छोडेको विरोधमा सुनसरीको चतरामा बुधबार स्थानीय विभिन्न सघ संस्था सम्बध महिला समहुले र्याली निकालेका छन् ।
दोषीलाई हदैसम्मको कारबाहीको मागसहित प्रदर्शन गरिएको थियो । र्यालीमा महिला सञ्जाल, युरेक नेपाल, पारालिगललगायतका संघसंस्था तथा स्थानीय महिलाहरुको सहभागीता रहेको थियो ।
र्यालीमा सहभागिले महिला हिंसा बन्द गर, बलात्कारीलाई कारबाही गर, सम्पुर्ण महिला अधिकारकर्मीहरु एक हौ, पीडितलाई न्याय दे, धर्मको आडमा अपराध गर्न पाईदैन, कृष्णदास चतरा छोड जस्ता माग सहितको प्लेकार्ड र ब्यानर बोक्दै नारा लगाएका थिए ।

सम्बन्धित खवर