धरान–१३ स्थित जिरोपोइन्ट माथि हिजो मध्य राती एक युवती घाइते अवस्थामा भेटिएकीछन् । चोटपटक लागेको लगाएको कपडा च्यातिएको अवस्थामा प्रहरीले टाटा पेट्रोल पम्प माथि राती १ः३० बजे एक्लै फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार उक्त युवती विराटनगर नोवल मेडिकल कलेजमा स्टाप नर्सको कक्षा सकेर घर फर्कदै थिइन । उनी साँझमा विराटनगरबाट इटहरीसम्म आएकी थिइन ।
तरहरा जाने गाडी नपाएर बसेकी थिइन । एउटा म्याजिक भ्यान जस्तो गाडी आए पछि उनी लिफ्ट मागेर घर तर्फ लागेको तर तरहरा आइपुग्न लाग्दा गाडीमा रहेका एक जना युवकले शरिरमा के सुघाइ दिएको र आफु बहोस भएको उनले प्रहरीलाई बयान दिएकी छन् । एक जना महिलासहित भएको गाडीले धरान ल्याइ पुर्याएको थियो ।
जिरोपोइट माथि जंगलमा ल्याएर यौन दुव्यवहार गर्न खोजेको र आफु भागेर बचेको उनले बताएको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।
उनी नर्सको पोशाषमा थिइन । उनको सेतो कोट हराएको छ । लगाएको कपडा पनि च्यातिएको छ । शरिरको विभिन्न भागमा चोट देखिएको छ । उनलाई उपचारको लागि राती नै धरानस्थित वीपी कोइराला स्वास्थ्य विधान प्रतिष्ठान भर्ना गरि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
घटना संकास्पर्द भएको इन्स्पेक्टर ओलीले जानकारी दिए । अपहरण गरेर ल्याउने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ । साँझै यस्तो घट्नाले हिडडुल गर्न असुरक्षा बढेको स्थानीयले बताएका छन् । ब्लाष्टखबर
