झापाको रेड स्टार दोस्रो फिदिम नगरकप च्याम्पियन

झापाको रेड स्टार दोस्रो फिदिम नगरकप च्याम्पियन

झापाको रेड स्टार एफसी दोस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक स्वतन्त्र क्लब पाँचथरलाई ३–१ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन रेड स्टारले पुनः उपाधि चुमेको हो ।
विजेता बनेसँगै रेडस्टारले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त ग¥यो । उपविजेता बनेको स्वतन्त्र क्लबले नगद ५५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।
फिदिम नगरपालिका ७ रानीटारस्थित बराजु खेलमैदानमा सम्पन्न फाइनल खेलमा रेडस्टारले तीन वटै गोल पहिलो हाफमा गरेको थियो । निर्धा्रित समयको अन्तिम मिनेटमा भने आयोजक स्वतन्त्र क्लबले सान्तवना गोल फर्काएको थियो । रेड स्टारका लागि पुजन राईले २ गोल गरे भने एक गोल निशान लिम्बुले गरेका थिए । त्यस्तै, आयोजकका तर्फबाट भविन लिम्बुले १ गोल गरेका हुन् ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक रेड स्टारका राजकुमार लिम्बु, उत्कृष्ट डिफेन्डरमा आयोजकका अर्जुन गुरुङ, उत्कृष्ट मिडफिल्डमा स्वतन्त्रका हेमन्त दर्नाल, फरवार्डमा स्वतन्त्रकै दिनेश लिम्बु र हाईस्कोररमा आयोजकका मिलन लिम्बु घोषित हुँदै नगद २ हजार रुपैयाँ प्राप्त गरे । खेलको म्यान अफ दी म्याच झापाका निशान लिम्बु घोषित भए ।
प्रतियोगितामा पाँचथर, तेह्रथुम, इलाम र झापाका आठ टिमको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर