आज भ्रमण बर्ष २०२० को शुभारम्भ ः चीन, जमैका र म्यान्मारका पर्यटन मन्त्री सहभागी हुदैं

आज भ्रमण बर्ष २०२० को शुभारम्भ ः चीन, जमैका र म्यान्मारका पर्यटन मन्त्री सहभागी हुदैं

आज बुधबारबाट औपचारिक रुपमा शुरु हुुने नेपाल भ्रमण वर्ष–२०२० शुभराम्भका लागि चीन, जमैका र भारतका पर्यटन मन्त्री नेपाल आएका छन् ।
बुधबार हुने भ्रमण वर्षको औपचारिक उद्घाटन कार्यक्रममा सहभागी हुन तीन देशका पर्यटनमन्त्रीलगायत विदेशी पाहुनाको टोली काठमाडौं आएका हुन । भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सहभागी हुन मंगलबार छिमेकी देश चीनका सहायक पर्यटनमन्त्री मवङ सियाओफेङ, आइल्याण्ड मुलुक जमैकाका पर्यटन मन्त्री ओन मउङ आएका छन् । यस्तै म्यान्मारका पर्यटन मन्त्रीको समय उपस्थिति रहेको छ । उनीहरुलाई सँस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले स्वागत गरेका थिए । विदेशी पाहुना आउने क्रम निरन्तर रहेको पर्यटन मन्त्रालयले जनाएको छ ।
‘नेपाल भ्रमण वर्ष २०२०’ को आज जनवरी १ मा राष्ट्रपति विद्यादेवि भण्डारीले भव्य रुपमा उद्घाटन गर्ने नेपालको तयारी छ । समारोहमा ८ देशका ३५ भन्दा बढी पत्रकारको उपस्थिति रहने जनाइएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उद्घाटन तय गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विशिष्ट अतिथिको रुपमा उपस्थिति रहने छ । नेकपाको अध्यक्ष प्रचण्ड, नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देयवालगायत राजनीतिक दलका नेताहरुको समेत उपस्थिति रहने छ ।

सम्बन्धित खवर