सिरहामा लागूऔषध सहित चार युवक पक्राउ

सिरहामा लागूऔषध सहित चार युवक पक्राउ

राजेन्द्र महतो, लहान

सिरहा जिल्लाको दुई छुट्टाछुट्टै ठाउँबाट सोमबार लागूऔषध सहित चार युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीचौकी ठाडी इनर्वा सिरहाबाट खटिएको प्रहरी टोलिले भगवानपुर गाँउपालिका ३ गौरसाह स्थित प्रहरीले चेक जाँच गर्ने क्रममा स ६ प २४९७ न को मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउदै गरेको सिरहा सखुवानन्कारकटटी गापा वडा नं. ४ को २४ वर्षीय सन्तोष कुमार यादव र पछाडिमा सवार सप्तरी सुरुङा नगरपालिका ३ दौलतपुरको १८ बर्शिय जय प्रकाश यादवको साथबाट नेपालमा प्रतिबन्ध लगाईएका डाइलेक्स डि सि ८ बोतल र स्पास्मो १६ पिस लागुऔषध सहित पक्राउ गरेको हो ।

त्यसै गरि सिरहाको बरियारपटटी गापा ३ दुर्गा मन्दिर स्थित ईलाका प्रहरी कार्यालय बरियारपटटी सिरहाबाट खटिएको प्रहरी टोलीले चेक जाच गर्दा भारतबाट नेपाल तर्फ स ९ प ५१७८ न को मोटरसाइकलमा आउदै गरेको सिराहा सुखिपुर नपा ८ को १८ बर्शिय राजेश महरा र पछाडिमा सवार सोही ठाउँ बस्ने सुरेश महराको साथबाट नाइट्रोभेट १७ ट्यावलेट लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुई वटा नै मोटरसाइकल सहित चारै जनालाई आबश्यक कार्बाही तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन् ।

सम्बन्धित खवर