समयमा पुल निर्माण नभएपछि स्थानीयले बाँसको पुल उद्घाटन गरे (भिडियो सहित)

समयमा पुल निर्माण नभएपछि स्थानीयले बाँसको पुल उद्घाटन गरे (भिडियो सहित)

अर्जुन काफ्ले, पथरी
पुल निर्माण भएको १ वर्ष वित्दा पनि आवतजावतमा सहजता नवनाएको भन्दै मोरङ्ग पथरी शनिश्चरे ५ का स्थानियवासीले पथरी खोलामा अस्थाइ वासको पुल निर्माण गरेका छन् । पथरी शनिश्चरे नगरपालिकाले ठेक्का प्रक्रियाद्धारा सो पुल निर्माण गरेको हो । मैनखाडी-कोठेवारी-किर्तिपुर सडक खण्डको कोठेवारीमा निर्माण भएको पुलको सवै कार्य नगरेको भन्दै स्थानियवासी आक्रोशित बनेका हुन् ।

मंगलवार विहान उनीहरुले पक्की पुलले सर्व साधरणलाई सहजता नभएको भन्दै वाँसको पुल निर्माण गरेर उद्घाटन गरेका हुन् । ठेकेदारले काम सम्पन्न नगरेपछि विरोध स्वरुप यो कार्य गरिएको स्थानियवासी वताउछन् ।

नगरपालिकामा यो पुल वनाउन स्थानिय उपभोक्ता नै इच्छुक हुदाहुदै नगरले सेटिङ्गमा पुल ठेक्का लगाएको स्थानिय उमानाथ अधिकारी वताउछन् । अधिकारीले भने ‘नगरमा पटक पटक यस वारेमा गुनासो गर्दा पनि समाधान गरेन’। उपभोक्ता समिती मार्फत काम गर्न नगरले भने पनि पछि ठेकेदारलाई काम दिइएको अधिकारी वताउछन् ।

नगरपालिकाले गत वर्ष ४० लाख रुपयाँमा सो पुल ठेक्का आव्हान गरेको थियो । स्थानिय जयभवानी निर्माण सेवाले २५ लाख ९५ हजारमा सो पुल निर्माण गर्ने ठेक्का पाएको थियो । पुल निर्माण सम्पन्न गरेको भने पनि अझै पुलमा लगाएको प्लाइउड हटाएको छैन भने निर्माण सामाग्री समेत असरल्ल रहेका छन् ।

यो पुल निर्माण भए स्थानियवासीलाई सहज हुने केशव वुडाथोकी वताउछन् । पुल निर्माण कार्य सम्पन्न भएर ठेकेदारले पैसा लगेको भनिएपनि काम सम्पन्न नै नगरी नगरले पैसा चुक्ता गरेको प्रति स्थानियवासी समेत अच्चमित छन् ।

पुल निर्माण गर्दा नै अनियमीता भएको र कम गुणस्तरीय सामाग्री र मापदण्ड विपरित पुल वनाइएको स्थानिय शरण राईंको भनाइ छ ।

यो सडकमा पहिलो रहेको काठको पुल भत्काएपछि स्थानियवासीलाई असहज भएको छ । वनेको पुल पनि पुर्ण रुपमा सन्चालनमा आउन सकेको छैन् । पुल वनेपनि पुलको दायाँ र वाँया भागमा माटो नपुर्दा समस्या आएको हो ।

पुल निर्माण कार्य मै लापरवाहि रहेको स्थानिय वासी वताउछन् ।

मंगलवार विहान भेला भएका स्थानियवासीले पुल यहि अवस्थामा उदघाटन गर्न पथरी शनिश्चरेका प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत, इन्जीनीयर र वडा अध्यक्षलाई निमन्त्रण गरे पनि सो कार्यक्रममा कोहि पनि उपस्थीत भएनन् ।

माटो पुर्न स्थानियवासीलाई उपभोक्ता समिती वनेर आउन नगरले आग्रह गरेपछि दुई हप्ता अघि उनीहरु नगर सम्म पुगे तर नगरका प्राविधीकले स्टमेट नवनेको भन्दै पटक पटक उनीहरुलाई फर्काएको अधिकारी वताउछन् । नगरका प्राविधिक र ठेकेदारको वेइमानीका कारण प्रत्यक्ष असर स्थानियवासीले पाउदै आएका छन् ।

यस विषयमा आफुलाई पुल उद्घाटन गर्न आधिकारिक सूचना नआएको नगर प्रमुख दिलिप कुमार राईले बताए । यता इन्जिनियर कृष्ण प्रसाद कोइरालाले भने आफुले अनुमान मात्रै गरेको तर स्टीमेट बनाउन बाँकी रहेको जिकिर गरो छन् ।

सम्बन्धित खवर