कञ्चनपुरमा तीन वर्षीया बालिकाको बलात्कार पछि हत्या

कञ्चनपुरमा तीन वर्षीया बालिकाको बलात्कार पछि हत्या

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कार पछि हत्या गरिएको छ । सोमबार घरमा कोही नभएको मौका पारेर स्थानीय एक युवाले तीन वर्षीया बालिकाको बलात्कार पछि हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अभियुक्त पक्राउ परिसकेको र घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको छ । सालघारीका स्थानीय महिलाका अनुसार अभियुक्तले हत्या गरिएकी बालिकाकी आमालाई तीन महिना अघि डडेल्धुराको जोगबुढाबाट भित्र्याएका थिए । मृतक बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ ।
‘पक्राउ परेका युवाले अत्याधिक मदिरा सेवन गरेका छन्’, प्रहरी प्रवक्ता चन्दले भने, ‘बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा युवकले बालिकालाई बलात्कार पछि हत्या गरेको स्वीकार गरिसकेको छ ।’

सम्बन्धित खवर