भारतको जम्मु–कश्मीरमा विकसित पश्चिमी न्यूनचापीय प्रणाली नेपालतर्फ सरेको छ। आज (मंगलबार) रातीसम्म यो प्रणाली नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
यो मौसम प्रणालीका कारण आज रातीदेखि नै देशका उच्च–पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र बर्षा हुने सम्भावना छ। हिमपात र पानी परेपछि देशका अधिकांश स्थानमा चिसो समेत बढ्नेछ।
यही मौसम प्रणालीका कारण भोलि (बुधबार) दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी र पुर्वी पहाडी भू–भागमा हल्का बर्षाको संभाबना रहेको छ। यस्तै, उच्च पहाडी र हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात र बर्षा हुने तथा राती उच्च पहाडी र हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको संभाबना रहेको छ।
बिहिबार दिउँसो उच्च पहाडि र हिमाली भू–भागमा मध्यम देखि भारी हिमपातको संभावना रहेको छ। सोही राती राती उच्च पहाडी र हिमाली भू–भागमा मध्यम देखि भारी हिमपातको हुने महाशाखाले जनाएको छ।
