गुरुङ समुदायले तमु ’ल्होसार’ मनाउँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गुरुङ समुदायले तमु ’ल्होसार’ मनाउँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ’ल्होसार’ पर्व मनाउँदैछन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ ।
गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ गते यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा तामाङ्ग र शेर्पा समुदायले यो पर्व मनाउने गरेका छन् । गण्डकी प्रदेशले ’तमु ल्होसार’ मा सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित खवर