उर्लाबारीमा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु

उर्लाबारीमा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु

उर्लाबारी, चिसोले कठ्याङ्ग्रिएर मोरङको उर्लाबारी ४ का ५४ वर्षीय सोमबहादुर रोक्काको मृत्यु भएको छ । रोक्का आफ्ना भतिजसँग भनाभन भएपछि ३ वर्ष यता एक्लै बस्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईका अनुसार रोक्कालाई सोमबार उर्लाबारी १ को बक्राहा खोला किनारमा मृत अवस्थामा भेटिएको हो । मदिरा सेवन गरी बेहोस भएका रोक्का खोला किनारमा ढलेपछि उठेर घर सम्म पुग्न नसक्दा ढलेकै ठाउँमा चिसोले कठ्याङग्रिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित खवर