किशोरीहरुलाई आइरन र फोलिक एसिड खुवाउन संस्थागत विद्यालयसँग छलफल

किशोरीहरुलाई आइरन र फोलिक एसिड खुवाउन संस्थागत विद्यालयसँग छलफल

पथरी, मोरङको पथरीशनिश्चरे नगरका किशोरीहरुलाई रगतको कमि हुनबाट जोगाउने कार्यक्रम अन्तर्गत आज नगरका संस्थागत विद्यालयका विषय शिक्षकहरुसँग अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

रगतको कमिबाट हुने रक्तअल्पता सहितका समस्याबाट वच्न विद्यालयहरुले १० वर्षदेखि १९ वर्ष उमेर समूहका आफ्ना विद्यार्थीलाई विद्यालयमै आइरन र फोलिक एसिड वितरण गर्नका लागि नगरपालिकाको स्वास्थ्य शाखाले आवश्यक जानकारी प्रदान गरेको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाले नगर प्रमुख दिलिपकुमार राईले किशोरीहरुको स्वास्थ्यमा ध्यान दिँदै यसखाले कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको जानकारी गराउनु भएको छ ।

रगतको कमिबाट हुने रक्तअल्पता सहितका समस्याबाट बच्नका लागि प्रति हप्ता एउटा एउटाका दरले १३ हप्तासम्म निरन्तर आइरन र फोलिक एसिड खुवाइने छ । त्यसको १३ हप्ता रोकेर त्यसपछि पुनः १३ हप्ताका लागि उनीहरुकै लागि आइरन र फोलिक एसिड खुवाइने नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले वताउनु भएको छ । माघ महिनादेखि कार्यक्रम थालिने प्रारम्भिक छलफल भइरहेको छ । सामुदायिक तथा संस्थागत विद्यालयमा गरी सो उमेर समूहमा करीव ८ हजार किशोरी रहेको उल्लेख छ । विद्यालय नगएका किशोरीहरु भएमा भनें महिला स्वास्थ्य स्वयमसेविकामार्फत आइरन र फोलिक एसिड खुवाइने छ । हिजो सामुदायिक विद्यालयसँग अभिमुखिकरण कार्यक्रम भएको थियो ।

सम्बन्धित खवर