विप्लवका ३ जना नेता पथरीबाट पक्राउ

विप्लवका ३ जना नेता पथरीबाट पक्राउ

पथरी, विप्लव समुहका ३ जना नेता मोरङको पथरी शनिश्चरेबाट पक्राउ गरेका छन् । मोरङ इन्चार्ज नरेश भनिने कृष्ण चौलागाई, मेची–कोसी ब्यूरो कार्यालय सचिव सुमनसिंह भुजेल र क्षतिज पौडेललाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार चौलागाई र पौडेललाई मोरङको पथरी शनिश्चरेबाट पक्राउ गरिएको बताए । यस्तै प्रतिबन्धित नेकपा विप्लवका मेची–कोसी इन्चार्ज उमा भूजेल पनि पक्राउ परेका छन् । उमा भूजेल र सुमनसिंह भुजेललाई सुनसरीको चकरघट्टीबाट पक्राउ गरेको प्रहरीको भनाई छ ।

यता विप्लव समुहका चारजना नेताले शुक्रबार मात्र आत्मसमर्पण गरेका थिए । विप्लव समूहका मोरङ जिल्ला जनसत्ता प्रमुख दिपक आचार्य, मोरङ सचिव नवराज नेपाल, गोविन्द कार्की र जगतबहादुर पुलामी मगरले आत्मसमर्पण गरेका हुन् ।
पक्राउ परेपछि निहरुले पार्टी परित्याग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा आत्मसमर्पण गरेका थिए । पार्टी परित्याग गरेको कागज गरेपछि मोरङ प्रहरीले उनिहरु चारैजनालाई छोडेको छ ।

सम्बन्धित खवर