मगर संघ पथरी शनिश्चरेले भव्य कार्यक्रम गर्ने तयारी

मगर संघ पथरी शनिश्चरेले भव्य कार्यक्रम गर्ने तयारी

पथरी, मगरहरुको नयाँवर्ष ५०१४ को अवसरमा मगर संघ पथरी शनिश्चरे नगर कमिटिले भव्य कार्यक्रम तयारी थालेको छ । नयाँवर्षको अवसर पारेर मगरहरुको सांस्कृतिक कार्यक्रमहरु गर्ने तयारी भएको नगर मगर संघले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

माघ १ गते माघे संक्रातीको अवसरमा पथरी शनिश्चरे १ मोरङमा रहेको मगर गुम्बामा कार्यक्रमको तयारी गरिएको संघका नगर सचिव खगेन पुलामी मगरले जानकारी दिए । कार्यक्रममा गुम्बा निर्माणका लागि तिहारमा खेलिएको देउसी भैलो, हुर्रा नाचका कालाकारहरुलाई पनि सम्मान गरिने मगरले जानकारी दिए ।

मगरहरुको आफ्नो संस्कृति सन्ततिहरुलाई हस्तान्तरण गर्ने, नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान गर्ने, रमाइलो गर्ने गरी कार्यक्रमको तय भएको संघका नगर अध्यक्ष टंक राना मगरले जानकारी दिए । मानव सभ्यताको विकास हुने क्रममा आफ्ना पुस्ताहरुले जंगलमा कन्दमूल, तरुल लगाएतका खानेकुरा खाएर नयाँ वर्ष मनाउने गरेको इतिहाँस रहेको मगरले जानकारी दिए । सोही अवसरमा अहिले पनि माघ १ गते माघे संक्रातीको अवसरमा मगरहरुले आफ्नो नयाँ वर्ष मनाउदै आएको मगरले बताए । सरकारले माघ १ गते थारु समुदायको माघीपर्व भनेर सार्वजनिक विदा दिएको भएता पनि मगरहरुलाई भने सम्बोधन नगरेकोमा अध्यक्ष मगरले आपत्ती जनाए । आउने वर्षहरुमा सरकारले मगरलाई पनि सम्बोधन गर्नुपर्ने बताए ।

कार्यमहरु के के छन् ?

बिहानको समयमा गुम्बामा पुजापाठ गर्ने र प्रसाद ग्रहण गर्ने कार्यक्रम तय भएको मगर संघ युवा कमिटिका अध्यक्ष भूवन पिठाकोटे मगरले बताए । विहान १० बजे नगर प्रमुख दिलिप कुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिने, कार्यक्रममा लक्की ड्र गराइने र सो लक्की ड्र मा सहभागी हुनका लागि रु. २ सयको टिकट काट्नुपर्ने पनि मगरले बताए । सो लक्की ड्र को बिजेतालाई २५ हजार बराबरको मोबाइल, अन्य पुरस्कारहरुमा साइकल, स्टेन फेन, आइरन, राइसकुकर, इलेक्ट्रिक जग, घडी लगाएत रहेका छन् । कार्यक्रममा छेलो, हण्डीफोर, माला दौड, चम्ची दौड, इन आउट लगाएतका खेलहरु रहेका छन् । कार्यक्रममा नगरका १० वटै वडाबाट मगर जातीहरुले आफ्ना विभिन्न नाच, झाँकीहरु प्रदर्शन गर्ने मगरले बताए । हुर्रा, कोडा लगाएतका नाचहरु देखाइने बताइएको छ । कार्यक्रममा एकल महिला, जेष्ठ नागरिक लगाएतलाई सम्मान गर्ने समेत कार्यक्रम तय भएको छ । कार्यक्रमका लागि ५ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ । सो रकम सदस्यहरुबाट लेवी उठाउने, विदेशमा रहेका मगरहरुले सहयोग पठाउने र नगरसंग पनि प्रस्ताव गरिएको मगरले बताए । पथरी शनिश्चरेमा ३३२ घर संघमा दर्तामा रहेको र अन्य समेत गरी १२ सय घरपरिवारको हाराहारीमा मगरहरु रहेको संघका अध्यक्ष मगरले जानकारी दिएका छन् ।

सम्बन्धित खवर