धनुषामा तीन जनाको ज्यान जानेगरी भएको बम बिस्फोटमा विप्लव समूहको हात

धनुषामा तीन जनाको ज्यान जानेगरी भएको बम बिस्फोटमा विप्लव समूहको हात

धनुषामा मंसिर २७ गते बम बिस्फोट गराउने व्यक्तिहरू नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको प्रहरीले निष्कर्ष निकालेको छ।
तराईमा आपराधिक गतिविधि गराएर रकम संकलनमा सक्रिय रहेका केही विप्लव कार्यकर्तालाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको थियो। धनुषाको महेन्द्रनगरमा प्रहरी निरीक्षक अमिर दाहालसहित तीन जनाको ज्यान जाने गरी बम बिस्फोट गराइएको थियो।
घटनामा राजेश साह र उनका छोरा उन्नत साहको मृत्यु भएको थियो। विप्लव समूहको नाममा आपराधिक समूहले टाइम बम बिस्फोट गराएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरू विप्लव समूहका लागि पैसा उठाउने व्यक्ति रहेको खुलेको छ।

सम्बन्धित खवर