२०२० को राष्ट्रिय अध्यक्षमा जेसी अशोक बिजयी

२०२० को राष्ट्रिय अध्यक्षमा जेसी अशोक बिजयी

पथरी, नेपाल जेसीज बर्ष २०२० को राष्ट्रिय अध्यक्षमा पथरी जेसीजका संस्थापक अध्यक्ष जेसी अशोक शंकर विजयी भएका छन् ।

शुक्रवार चितवनको रत्ननगरमा सम्पन्न जेसीजको ४६ औं राष्ट्रिय महाधिबेशनले पथरी शनिश्चरे मोरङका जेसी शंकरलाई निर्वाचित गरेको हो । नवनिर्वाचित शंकरले अध्यक्षका दुई प्रत्यासी अरुणेश्वर खनाल र विकास मानन्धरलाई पराजित गरेका हुन् । १ हजार ५ सय ६५ मतदाताले गरेको मतदानबाट शंकरले ५ सय ५१ मत प्राप्त गरे । पराजित विकास मानन्धरले ४ सय ८७ र अरुणेश्वर खनालले ५ सय २७ मत प्राप्त गरेका थिए । चितवनको बीसहजार जेसीजबाट खनालले र काभ्रे जेसीजबाट मानन्धरले उम्मेदवारी दिएका थिए ।

कार्यकारिणी उपाध्यक्षमा सिनेटर विजय गुरुङ, जेसी शोभा खरेल, जेसी गोकुल सापकोटा, लालमणी भण्डारी निर्वाचित भएका छन् । महाधिबेशनमा देशभरिका १ सय ५१ वटा शाखाका युवाहरुको सहभागिता रहेको थियो । महाधिबेशनको पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् । जेसीजको ४६ औँ राष्ट्रिय महाधिबेशन पुस ९ गतेदेखि १३ गतेसम्म चितवनको रत्न नगरमा जारी छ ।

उनलाई जिताउन दमक उद्योग वाणिज्य संघ, पथरी उद्योग बाणिज्य संघ, पथरीमा अशोक शंकर जिताउ अभियान समिति लगायत समितिहरु क्रियाशिल भएको थियो । पथरी जेसीजको सिंगो टिम आफ्नो संस्थापक अध्यक्ष शंकरलाई जिताउन अभियानमा संलग्न भएका थिए ।

सम्बन्धित खवर