खुलेन उद्योग वाणिज्य संघ धनकुटामा लागेको ताला

खुलेन उद्योग वाणिज्य संघ धनकुटामा लागेको ताला

४५ औं साधारण सभापछि धनकुटा उद्योग वाणिज्य संघमा लागेको ताला १३ दिन बित्दा पनि खुल्न सकेको छैन । तालाबन्दी कै कारण नयाँ नेतृत्व छान्न मंसिर २८ गते तोकिएको मतदान समेत स्थगित भएको थियो ।
धनकुटा ६ स्थित सल्लेरीमा रहेको धनकुटा उद्योग वाणिज्य संघको मुलगेटमा अहिले दोहोरो ताला झुण्डिएको छ । बाम पक्षधर असन्तुष्ट उधागी व्यवसायीले सदस्यता पाउनु पर्ने माग गर्दै संघको उद्घाटनसत्र र बन्दसत्र सम्पन्न भएको भोलीपल्ट अर्थात मंसिर २३ गते निर्वाचन समितिको समेत रहेको संघको कार्यालयमा तालाबन्दी गरिएको थियो ।
लोकतान्त्रिक पक्षधरले साधारणसभा समेत सम्पन्न भई विधिसम्मत संघको निर्वाचन प्रक्रिया अगाडि बढिसकेकाले निर्वाचन प्रक्रियालाई तत्काल सूचारु गर्न माग गर्दै मंसिर ३० गते तालाबन्दी गरेको थियो । अहिले उद्योग वाणिज्य संघको कार्यालयमा दोहोरो तालाबन्दी भएको छ ।
अहिले पनि दुवै पक्षधर व्यवासायी बीच पटक÷पटक सर्वदलीय बैठक बसे पनि सहमति हुन सकेको छैन। तालाबन्दीकै विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले पटक÷पटक राखेको सर्वपक्षीय बैठक निष्कर्ष बिहीन अवस्थामा टुंगिएको थियो ।
प्रजिअ डा. घिमिरेले सर्वपक्षीय बैठकमा लोकतान्त्रिक र वाम पक्षधर व्यवासायीबीच कुरा नमिल्दा सहमति हुन नसकेको बताए । ताला खोल्ने विषय प्रशासनको क्षेत्राधिकार बाहिरको कुरा हो, उनले भने, मुढभेडको विषयमा प्रशासन मुछिनु राम्रो होइन ।
क्षेत्राधिकार भन्दा बाहिरको यो विषय अदालतबाट टुंग्याउनु पर्ने उनले बताए । उद्योग वाणिज्य संघ निर्वाचन समितिले पनि तालाबन्दी नखुलेकै कारण विज्ञप्ति प्रकाशन गरेर मतदान स्थगित गरेको थियो । ताला खुल्नासाथ नयाँ निर्वाचनको कार्य तालिका प्रकाशित गर्ने निर्वाचन समितिका सदस्य खगेन्द्र प्रसाद घिमिरेले बताएका छन् ।
यता धनकुटा उद्योगा वणिज्य संघका तत्कालीन अध्यक्ष उमेश घिमिरेले ताला खोलेर नयाँ कार्यसमिति चयन गर्न व्यवसायी बीच सर्वपक्षीय छलफल चलिरहेको बताए । उनले ३÷४ दिन सहमति नभए व्यवसायीको रोहवरमा तालाबन्दी खोल्ने समेत बताए । प्रहरीले भने ताला लागे देखी नियमित रुपमा उधोग वाणिज्य संघको कार्यलयमा सुरक्षा दिईरहेको छ ।
सरकारी कार्यालयबारे प्रजिअ नै बेखबर ः
उद्योग वाणिज्य संघको भवनमा रहेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयद्वारा संचालित जिल्ला संयोजन तथा अनुगमन समिति धनकुटाको कार्यालय रहेको छ ।
उद्योग वाणिज्य संघमा लागेको तालाबन्दीले यो कार्यालयको कक्ष समेत बन्द छ । प्रजिअको अध्यक्षतामा सो कार्यालय रहेपनि प्रजिअ भने कार्यालयको विषयमा लिखित जानकारी समेत नभएको बताए । म धनकुटा आएको चार महिना भइसक्यो, सो विषयमा आफुलाई जानकारी छैन प्रजिअ घिमिरेले भने ।
युवा स्वरोजगारको बजेट, कर्मचारी र कार्यक्रम छैन, उनले भने, संघको भवनमा बोर्ड कसरी, किन राखिएको माथिल्लो निकायमा बुझौंला । समृद्धि परियोजनाको कार्यालय पनि बन्द अवस्थामा छ । सो भवनको दोस्रो तलामा उद्योग वाणिज्य मन्त्रालय र विदेशी दातृ निकायको सहयोगको संयुक्त लगानीमा तथा साझेदारीमा रहेको समृद्धि परियोजनाको कार्यालय पनि रहेको छ ।
सो कार्यालय पनि तालाबन्दी लागे देखि नै बन्द छ । कार्यालय बन्द रहेका कारण फिल्डमा काम गरिरहेका समृद्धि परियोजनाका धनकुटा संयोजक बलबहादुर पौडेलले बताए । अफिसियल काम गर्न डकुमेन्ट थुनिएको छ, उनले भने, कृषकलाई अनुदान दिने कार्यक्रम प्रभावित बनेको छ । ब्लाष्टखबर

सम्बन्धित खवर