सभामुख चयनमा सहमति हुन नसक्दा नेकपामा सकस

सभामुख चयनमा सहमति हुन नसक्दा नेकपामा सकस

सभामुख चयन प्रक्रियामा सहमति हुन नसक्दा नेकपामा सकस बढेको छ । यसअघि सभामुख पूर्वमाओवादीले लिएका कारण फेरि पनि आफूले पाउनुपर्ने नेकपा अध्यक्ष पुष्पकमल दाहालको अडान रहेको छ । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको जुन समुहबाट भएपनि योग्य ब्यक्तिमा सहमति गर्नुपर्ने पक्षमा रहनुभएको नेकपा स्रोतले बतायो ।
दुई अध्यक्षबीच आज बिहान हुने छलफलपछि सभामुख सम्बन्धी विषय टुङ्याएर सचिवालय बैठक बस्ने तयारी भइरहेको बालुवाटार श्रोतले उल्लेख गरेको छ । आज बस्ने प्रतिनिधिसभाको बैठक उपसभामुख शिवमाया तुम्बाहाङ्फेले चलाए
संसदीय जटिलता आउने प्रतिपक्षी नेपाली कांग्रेसको चेतावनीका कारण नेकपा सभामुख प्रक्रिया विवाद रहित बनाउने योजनामा छ । आज १ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचनका लागि दिन निर्धारण गर्ने कार्यसूची छ । बैठक अघि नै उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाउने नेकपाको योजना छ ।
उपसभामुख समेत आजको संसद बैठक अघि राजीनामा दिन तयार रहेको संघीय संसद सचिवालयका सञ्चार विज्ञ शेखर अधिकारीले बताउनुभयो । त्यससँगै ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठक सञ्चालन गर्नुहुनेछ ।
उपसभामुखले राजिनामा दिएपनि ठाकुरले राष्ट्रपति समक्ष सपथ ग्रहण गरेर बैठक सञ्चालन गर्नु हुनेछ । संसद सचिवालयले ठाकुरले बैठक सञ्चालन गर्ने अवस्थाका लागि आन्तरिक तयारी समेत गरिसकेको छ ।

सम्बन्धित खवर