लागुपदार्थ सम्बन्धी सचेतनाका लागि बृहत पिस म्युजिकल कन्सर्ट बेलबारीमा आयोजना हुदै

लागुपदार्थ सम्बन्धी सचेतनाका लागि बृहत पिस म्युजिकल कन्सर्ट बेलबारीमा आयोजना हुदै


राजकुमारी तामाङ
लागुपदार्थ सम्बन्धी सचेतना तथा भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बेलबारीमा बृहत पिस म्युजिकल कन्सर्ट आयोजना हुने भएको छ । से नो ड्रक्स भन्ने मुलनाराका साथ शान्ति युवा समुह बेलबारीको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम आयोजना हुन लागेको हो ।
बृहत पिस म्युजिकल कन्सर्टमा लोकप्रिय गायक राजेशपायल राई, हास्यकलाकार फुलेन्दीकी आमा उमेश राई,लगायत स्थानिय कलाकार,मोडल साथै गरिमा डान्स सेन्टर धरानको विषेश प्रस्तुती समेत रहने कार्यक्रम संयोजक धर्मराज राईले बताए
उनले कार्यक्रममा अनुमानित ६ लाख रुपैयाँ खर्चहुने र सो रकम विभिन्न संघ संस्थाबाट जुटाउने पनि बताए । बेलबारी ९ नलबारीमा आयोजना हुने कार्यक्रम यहि पौष २५ गते शुक्रबार दिउसो २ बजे बाट आयोजना हुने बताइएको छ । सो कार्यक्रम हेर्न कुनै प्रकारको टिकट समेत नरहेको आयोजकले प्रष्ट पारेको छ । पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको सो कार्यक्रममा पोस्टर समेत सार्वजनिक गरिएको थियो ।

सम्बन्धित खवर