संखुवासभाका एक युवक ६ महिनादेखि विराट नर्सिङहोममा बन्धक

संखुवासभाका एक युवक ६ महिनादेखि विराट नर्सिङहोममा बन्धक

विराट नर्सिङहोममा एक युवक ६ महिनादेखि बन्धक बनेर बसेका छन् । संखुवासभाको खादबारी नगरपालिका–१० का २० वर्षीय जीवन भुजेल ६ महिनाअघि भएको अकल्पनीय घटनाका कारण विराट नर्सिङहोममा बन्धक बनेर बस्न बाध्य भएका हुन् ।
उनी भोजपुर षडानन्द गाउँपालिकाको मझुवाबेसीमा इखुवा खोला जललविद्युत आयोजनामा काम गर्थे । त्यसै क्रममा साथीहरुबीच भएको झगडा छुट्याउन गएका उनलाई पछाडिबाट कसैले टाउकोमा रडले हान्यो । फर्केर हेर्दा फेरि रडले घाटीमा हान्यो ।
त्यसपछिको अवस्था उनलाई केही याद छैन । होसमा आउँदा उनी विराट नर्सिङहोमको आईसीयूमा थिए । ‘घोपामा ल्याउदा उपचार सम्भव नभएपछि यहाँ ल्याएको रे ।’ हातले इसारा गर्दै भने ‘यहाँ बसेको ७ महिना भयो ।’
घाँटीमा गहिरो चोट लागेका कारण चिकित्सकले बोल्न नमिल्ने बताएका छन् । सास फेर्नका लागि घाँटीबाट पाइप हालिएको छ । कसैले प्रश्न गरे हातको इसारा र लेखेर जवाफ दिन्छन् । जीवनलाई उपचारका लागि बुबा गणेशले विराटनगर ल्याएका थिए । उपचार खर्च नभएपछि उनी पनि सम्पर्क्विहीन भएका छन् ।
अस्पतालका अनुसार जीवनको उपचार खर्च साढे तीन लाख भन्दा बढी छ । तर विपन्न परिवारका युवक जीवनले तिर्न सक्ने अवस्था छैन । मजदुरी गर्ने बुबा पनि सम्पर्क्विहीन भएपछि अस्पतालमा नै बसिरहेका छन् ।
पाँचौ तलाको सर्जिकल वार्डमा रहेका उनले इसाराले भने ‘यहाँबाट तल जान दिदैनन् ।’ अस्पतालले पनि उनको निगरानीका लागि सुरक्षा गार्ड परिचालन गरेको छ । न्युजलय

सम्बन्धित खवर