झापामा करेन्ट लागेर एक युवकको मृत्यु

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

झापामा मोटर बनाउँदा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदर्शी गाउँपालिका–१ कमलडाँडाका २४ वर्षीय तइराज राई रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आफ्नै घरमा रहेको ट्युबवेलमा जडित मोटर बनाउने क्रममा राईलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि मेडिकल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सम्बन्धित खवर