आगामी अधिवेशनमा प्रदेशको नाम टुंगो लाग्छ ः मन्त्री कार्की

आगामी अधिवेशनमा प्रदेशको नाम टुंगो लाग्छ ः मन्त्री कार्की

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले संसदको आगामी अधिवेशनबाट प्रदेशको नामको टुंगो लगाइने दावी गरेका छन्। मन्त्री कार्कीले बहुमतका आधारमा मात्र नभई सहमतिका आधारमा नाम राख्ने प्रयासका कारण केही ढिलाई भएकाले अब आगामी अधिवेशनबाटै यस विषयलाई टुंग्याइने बताए।
झापाको दमकमा बुधबार पत्रकारसँगको भेटमा नेता कार्कीले प्रदेशको विविधता, सम्भाव्यता तथा जनचाहनालाई संवोधन हुने गरी नाम राख्ने तयारी भइरहेको बताए।
उनले, ‘केही मत(मतान्तर भए पनि हामीले राजधानीको विषयलाई सुझबुझपूर्वक टुंग्यायौ’, उनले भने,‘यसैगरी प्रदेशको नाम राख्ने कुरालाई पनि संसदीय अंक गणित मात्र होइन। सवैको भावनालाई संवोधन हुने गरी टुंग्याउने तयारीमा लागेका छौं।’ प्रदेश १ मा ७ मन्त्रालय भए पनि हाल मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिपरिषद मात्र छ।
उनले मन्त्रिपरिषद अपूरो भएको र समावेशी नभएको भनेर गुनासो आइरहेका बेला यो विषयको टुंगो लागाउने जिम्मा मुख्यमन्त्रीलाई दिइएको पनि जानकारी दिए। उनले भने,‘यो विषय मुख्यमन्त्रीलाई जिम्मा लगाइएको छ। त्यसैले धेरै भन्नु भन्दा पनि आगामी अधिवेशन अघि नै यसलाई टुंग्याउन सकिन्छ भनेर हामी लागेका छौं।’ थाहाखबर

सम्बन्धित खवर