सिद्धार्थ बैक पथरी साखाले कार्यालय समुद्घाटन सगैै १७औँ वार्षिक उत्सव मनायो

सिद्धार्थ बैक पथरी साखाले कार्यालय समुद्घाटन सगैै १७औँ वार्षिक उत्सव मनायो

सिद्धार्थ बैक पथरी साखाले आज एक कार्यक्रमको आयोजना गर्दै कार्यालय समुद्घाटन गरेको छ । विगत २ वर्ष देखि सेवा दिदै आएको सो बैकले आज आफनो कार्यालयको समुद्घाटन सँगै १७औँ वार्षिक उत्सव पनि मनाएको हो ।
पथरीशनिश्चरे नगरपालिकाको मेयर दिलिप कुमार राईको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा पथरी उघोग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेत र मेयर राईले संयुक्त रुपमा कार्यालयको समुदघाटन गरेका थिए ।
सिद्धार्थ बैकको हाल नेपालभर १७६ साखा रहेको पथरी साखाका सहायक अधिकारी विकास थापाले बताएका छन् साथै उनले वार्षिक उत्सवको अवसरमा बैक स्मार्टमा पहिलो पटक रिचार्ज गरेमा २० प्रतिशत छुट रहेको बताए ।

सम्बन्धित खवर