स्थानीय तहको लेखाप्रणाली बिग्रियो

स्थानीय तहको लेखाप्रणाली बिग्रियो

स्थानीय तहको सर्भर बिग्रिएपछि काम अघि बढाउन समस्या भएको छ । लेखाप्रणाली व्यवस्थित गर्ने सर्भर सुत्र बिग्रिएपछि समस्या भएको हो । सिस्टम नचलेपछि ‘ह्याक’ भएको भनिएपनि के भएको हो भन्ने पत्ता लाग्न सकेको छैन । यसबाट ७ सय ५३ वटै स्थानीय तहका ‘डाटा’ नष्ट भएका छन् ।
महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन सुत्रको गडबडीबारे प्रहरीले अनुसन्धान थालेको छ ।
सार्व्जिनक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) ले २)७५–०७६ बाट स्थानीय तथा प्रदेश सरकारको सञ्चित कोष व्यवस्थापन गर्न सुत्र कार्यान्वयनमा ल्याएको थियो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबार रातिदेखि सर्भर ‘ह्याक’ भएको छ केही स्थानीय तहले भने मंसिर दोस्रो सातादेखि बिग्रिएको जानकारी दिएका छन् । लेखा प्रणलीको काम बन्द भएपछि कार्यलय पुगेका सेवाग्राही मार्कामा पर्नुका साथै सबै कामकाज ठप्प भएका छन ।

सम्बन्धित खवर