अलैंची कृषकले यसवर्ष अलैंची बिक्री गरेर करिब १२ करोड रुपैयाँ आम्दानी गरेका छन् । जिल्लाभरी उत्पादन भएको दुई हजार क्विन्टल अलैंची बिक्रीबाट किसानले राम्रो आम्दानी गरेका हुन् । चालु वर्ष किसानले ५ सयदेखि ६ सय ४० रुपैयाँ किलोसम्म अलैंची बेचेको नेपाल अलैंची व्यावसायी महासंघ लमजुङ शाखाले जनाएको छ ।
नेपाल अलैंची व्यावसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले गतवर्ष अलैंची बिक्रीबाट लमजुङका किसानले ५ करोड आम्दानी गरेको बताए । यसवर्ष सबैभन्दा बढी दोर्दी गाउँपालिका ८ का मनबहादुर तामाङले ८ क्विन्टल अलैंची उत्पादन गरेका थिए ।