सुरक्षित आप्रवासनको प्रवद्र्धनमा युवा परिचालन कार्यक्रम प्रभावकारी बन्दै

सुरक्षित आप्रवासनको प्रवद्र्धनमा युवा परिचालन कार्यक्रम प्रभावकारी बन्दै

सामाजिक रुपान्तरणका लागि युवाः सुरक्षित आप्रवासनको प्रवद्र्धन तथा मानव बेचविखन रोकथामका लागि युवा परिचालन परियोजना कार्यक्रम इलामका पालिकामा बढ्दो रहेको छ ।
मानव बेचविखनको न्यूनीकरणका लागि सुरक्षित रोजगारी र सुरक्षित आप्रवासनका लागि सचेतना र सहयोग गर्ने, सामाजिक संरचनाको विकास, प्रवद्र्धन, सञ्जालीकरण र पैरवी गर्ने तथा जीविकोपार्जनका बैकल्पिक उपायहरुको खोजी र सीप विकास मार्फत स्वरोजगार, उद्यम र स्थानीय स्तरमै जिविकोपार्जनका लागि सहयोग गर्ने उद्देश्यका साथ परियोजना संचालन भएपछि पालिकामा बढ्दो रहेको हो ।
एडब्लुओ इन्टरनेशनलको सहयोगमा मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा इलामका रोङ गाउँपालिका र माई नगरपालिकामा परियोजना संचालन भईहेको छ । आगामी वर्ष मानव अधिका मञ्च नेपाल इलामको आयोजनामा माईजोगमाई र चुलाचुली गाउँपालिकामा परियोजना संचालन हुनेछ ।
विशेषगरी १८ देखि ३० वर्ष उमेर समुहका युवाहरुका लक्षित कार्यक्रम प्रभावकारी देखिएको मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेवेले बताए । परियोजना अन्तरगत सुरक्षित आप्रवासनका लागि २ वटै पालिकाका सबै घरधुरी र ४ वटा परामर्श केन्दबाट ५ हजार बढीले नियमित परामर्श सहयोग पाएका छन् । युवा सशक्तिकरण समुहमा संगठित भई ३ सय २० जना युवाले सचेतनामूलक तालिम लिई सुरक्षित आप्रवासनमा क्रियाशिल रहेको तथा स्थानीय समुदायमा सचेतनामा क्रियाशिल रहेको तथ्याङक सार्वजनिक गरिएको छ ।
त्यस्तै २ सय ४१ जना उद्यमशीलता विकास र व्यवसायिक योजना निर्माणको तालिम प्राप्त भई व्यवसायमा संलग्न भएको, ६९ जना सीप विकास तालिम लिई व्यवसाय सुरुवात गरेको र करिब १ सय जनाले उद्योग तथा व्यवसाय समेत सुरुवात गरेको प्रतिवेदनमा उल्लेख छ ।
परियोजना अन्तरगत समूह गठनदेखि विभिन्न सीपमूलक तथा उद्यमशीलता तालिम संचालित गरिएका छन् । सीपमूलक तालिम अन्तरगत केराको खाद्य परिकार बनाउने, बाख्रापालन, कुखुरापालन, च्याउ खेती, वेमौसमी तरकारी खेतीलगायतको तालिम संचालन गरि युवाहरुलाई आत्मनिर्भर बनाउन उत्प्रेरित गरिएको छ । यो परियोजना देशभरका ३९ जिल्लामा संचालन भईरहेको छ । सन्दकपुरअनलाईन

सम्बन्धित खवर