‘प्रदेश सरकारले सडक सुशासन गर्छ’

‘प्रदेश सरकारले सडक सुशासन गर्छ’

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले सडक दुर्घटनालाई न्यूनीकरण गरी सडक सुशासन कायम गर्न प्रदेश सरकारले योजना बनाएर अगाडि बढेको बताएका छन् ।
सडक दुर्घटना हुने कारण पत्ता लगाएर न्यूनीकरण गर्न प्रदेश सरकार योजनाबद्ध रूपमा अगाडि बढेको मन्त्री कार्कीले बताएका हुन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मङ्गलबार विराटनगरमा आयोजना गरेको ‘सुरक्षित यात्राको लागि सडक सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले दुर्घटना न्यूनीकरणमा सबै लाग्नु पर्ने बताए । लगातार बढिरहेको सडक दुर्घटनालाई घटाउन प्रदेश सरकार योजना बनाएर लागि परेको उनको भनाइ थियो ।
अबको १० दिनभित्र प्रदेश सरकारले सडक सुशासनका लागि ठोस कार्यक्रम अघि सारेर लागू गर्ने मन्त्री कार्कीको भनाइ थियो । सडक दुर्घटनालाई न्यूनीकरण गर्न सरोकारवालहरूलाई छलफलमा बोलाइएको थियो । सरोकारवालाहरूबाट निस्किएको निश्र्कषलाई कार्यान्वयनमा लैजाने उनले बताए ।
सबैको सहकार्यमा सवारी दुर्घनालाई न्यूनीकरण गरी प्रदेश १ बाट एक खाले सन्देश प्रवाह गरिने मन्त्री कार्कीले बताए । उनले दुर्घटनालाई घटाएर जनताको जीउ, धनको रक्षामा सरकार लागि पर्ने उनले बताए । मन्त्री कार्कीले सवारी चालकलाई जिम्मेवारी र पूर्वाधारहरूलाई व्यवस्थित बनाएर सडक सुशासन कायम गराउन सरकार अगाडि बढेको बताए । ब्लाष्टखबर

सम्बन्धित खवर