राष्ट्रिय सभामा रिक्त हुने सदस्य पदपूर्तिका लागि आगामी माघ ९ गते हुने निर्वाचन सहभागी हुने ११ दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ ।
एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले सूर्य तथा संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर बनेको समाजवादी पार्टीले पाँच औंला सहितको हत्केला चुनाव चिन्ह पाएका छन् । कांंग्रेस सहितका अन्य ९ दललाई पुरानै चुनाव चिन्ह प्रदान गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ
निर्वाचनमा राजपा, राप्रपा, राप्रपा संयुक्त, राष्ट्रिय जनमोर्चा, नेमकिपा, संघीय समाजवादी पार्टी, जनता दल र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी सहभागी हुँदैछन् । त्यस्तै, आयोगले उच्च अदालत रहेका जिल्ला अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
प्रदेश १ मा जिल्ला अदालत मोरङका न्यायाधीश मेदिनीप्रसाद पौडेल, प्रदेश २ मा धनुषाका राजकुमार खतिवडा, प्रदेश ३ मा ललितपुरका महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्कीका काजीबहादुर राई, प्रदेश ५ मा दाङका रितेन्द्र थापा, कर्णालीमा सुर्खेतका राजेन्द्रकुमार आचार्य र सुदुर पश्चिममा जिल्ला अदालत डोटीका न्यायाधीश बिदुर काफ्लेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
