भ्रमण वर्षको नारा लिएर पथरीका २ जना स्कुटरमा मेची महाकाली यात्रा गर्दै

भ्रमण वर्षको नारा लिएर पथरीका २ जना स्कुटरमा मेची महाकाली यात्रा गर्दै

पथरी, नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को नारा लिएर मोरङको पथरी शनिश्चरेका २ जनाले मेचि महाकाली यात्रा गर्ने भएका छन् । वडा नं. ९ का मदन बहादुर अधिकारी र सुरेन्द्र थापाले स्कुटरमा मेची देखि महाकाली सम्मको यात्रा पौष १७ गते देखि सुरु भएका हुन् ।

पथरीमा पनि पर्यटनका लागि थुप्रै सम्भावनाहरु रहेको तर ति स्थानहरुको प्रचार प्रसारमा कमी भएको भन्दै उनिहरुले नगरमा भएका पर्यटनका सम्भावनाहरुको प्रचार गर्ने बताए । भ्रमण वर्षका लागि पथरी पनि निकै सम्भावना बोकेको नगर भएको भन्दै आफ्नो यात्रामा पथरीको प्रचार र अन्य क्षेत्रको पर्यटनको अवस्था बारेमा जानकारी लिएर आउने अधिकारीले बताए ।

२६ दिनको यात्रा तय गरेका उनिहरुले यात्राका क्रममा कम्तीमा पनि २ लाख ५० हजार लाग्ने अनुमान गरेका छन् । नगरसंग पनि आर्थिक सहयोग माग गरेको र नगर प्रमुख दिलिप कुमार राई र उप प्रमुख यमुना विष्टले नगरको आर्थिक अवस्था हेरेर थोरबहुत सहयोग गर्ने आश्वासन दिएको थापाले बताए । अपुग भएको रकम स्थानीय संघसंस्थाहरुसंग माग गरिने र सहयोग नजुटेको खण्डमा पनि आफुहरुले भ्रमण भने नरोक्ने थापाको भनाइ छ । भ्रमणका लागि व्यानर लगाएतका सामग्रीहरु तयारी भइरहेको अधिकारीले बताए । उनिहरुको यात्रा सफलताका लागि जनप्रतिनिधिहरुले शुभकामना समेत दिएका छन् ।

सम्बन्धित खवर