बृद्धबृद्धालाई थर्मस

बृद्धबृद्धालाई थर्मस

अर्जुनधारा–३ स्थित खुदुनावारी एकता इसाई समाजले क्रिसमसको अवसर पारेर बृद्धबृद्धालाई थर्मस वितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले बृद्धबृद्धालाई थर्मस वितरण गरेका थिए ।
समाजले क्रिसमसको अवसर पारेर आयोजना गरेको शुभकामना आदान –प्रदान कार्यक्रममा ३ नम्बर वडाका १७ जना बयोबृद्धलाई थर्मस वितरण गरिएको समाजका सल्लाहाकार सदस्य बुद्ध बराइलीले जानकारी दिए ।
कार्यक्रममा विभिन्न गित संगीत समेत प्रस्तुत गरिएको थियो । अर्जुनधारा नगर प्रमुख रानाले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए ।संस्थाका उपाध्यक्ष सन्तोष राईले स्वागत गरेको कार्यक्रममा ३ वडाका वडा सदस्य होम दुलाल लगायतको उपस्थिती थियो ।

सम्बन्धित खवर