एसीसी इस्टन रिजन ः चीनविरुद्ध नेपालको पहिलो खेल

एसीसी इस्टन रिजन ः चीनविरुद्ध नेपालको पहिलो खेल

एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने ट्वेन्टी–२० इस्टर्न रिजन पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल चीनविरुद्ध खेल्ने भएको छ। सोमबार सार्वजानिक खेल तालिकाअनुसार फेब्रुअरिमा प्रतिष्पर्धा हुनेछ छ। थाइल्याण्डमा हुने प्रतियोगिताको सार्वजनिक तालिका अनुसार समूह ए मा रहेको नेपालले २९ फेब्रुअरीमा चीनसँग खेल्नेछ।
यस्तै १ मार्चमा थाइल्याण्ड र ३ मार्चमा नेपालले मलेसियासँग प्रतिष्पर्धा गर्ने छ। प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड, भुटान, चीन, म्यानमार, हङकङ, सिंगापुर र मलेसियाले सहभागी हुने छन्।
दुई समूहमा विभाजन गरेर खेलाइने प्रतियोगितामा शीर्ष स्थानमा रहने दुबै समुहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्ने छन्।

सम्बन्धित खवर