अर्जुन बहादुर केसीलाई ट्रकले किच्दा ज्यान गएको छ। छोरालाई मोटरसाइकलको पछाडि राखेर कलंकीस्थित विद्यालय र्पुयाउन हिँडेका अर्जुनलाई मंगलबार बिहान गुर्जुधारामा नम्बर नखुलेको ट्रकले किचेको हो। प्रदेश ३ ०२ ००९ प ७६२१ नम्बरको मोटरसाइकलमा बसेका उनका छोरा भने सकुशल रहेको ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ।
