राजपुर गाउँपालिका–४ मुंग्रठा खोलामा दुई महिनाअघि पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना नेता र कार्यकर्ता कारागार चलान भएका छन्।
जिल्ला अदालत दाङका न्यायाधीश रितेन्द्र थापाको इजलासले सोमबार उनीहरुलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। तर, धरौटी तिर्न नसक्ने भनेपछि पुर्पक्षका लागि उनीहरुलाई कारागार चलाउन गरिएको हो।
धरौटीमा छुटे पनि प्रहरीले अन्य मुद्दामा पक्राउ गर्ने तयारी गरेपछि आफुहरुले धरौटी नतिर्ने र पूर्पक्षका लागि कारागार जाने निर्णय लिएको नेकपाका मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्दले बताए।
