शान्तिपुर र कुटिडाँडामा निशुल्क कम्प्युटर तालिम

शान्तिपुर र कुटिडाँडामा निशुल्क कम्प्युटर तालिम

इलामको रोङ गाउपालिकाले २ वटा माध्यमिक बिद्यालयमा निशुल्क कम्प्युटर शिक्षा आरम्भ गरेको छ । कक्षा ११ र १२ मा अध्ययनरत बिद्यालयलाइ लक्षित गरी सुरु गरिएको तालिम रोङ २ को शान्तिपुर माध्यमिक बिद्यालय र रोङ ३ को शान्ति निकेतन माध्यमिक बिद्यालयमा सञ्चालन हुने छ ।
दुबै बिद्यालयको कार्यक्रमको सम्युक्त रुपमा शान्तिनिकेतन माध्यमिक बिद्यालयमा उद्घाटन गरिएको छ । रोङ गाउपालिका शिक्षासाखाका प्रमुख ज्ञानबहादुर कार्की, रोङ ३ का वडा सदस्य प्रेमराज गुरुङ र प्रधानाध्यापक हेमन्त आचार्यले सम्युक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वडा सदस्य प्रेमराज गुरुङले बिद्यार्थीको क्षमता बिकासको लागि कम्प्युटर शिक्षाले सहयोग पुग्ने गाउपालिकाले अपेक्षा राखेको बताए ।
’गतबर्ष पनि यस प्रकारको कार्यक्रम सञ्चालन गरेको र उपलब्धी मुलक भएको ठानिएको सुनाउदै, भ्रमण बर्षको लागि रचनात्मक काम गर्न पनि अनुरोध गरे । त्यसैगरी गाउपालिका शिक्षा साखाका प्रमुख ज्ञानबहादुर कार्कीले शान्ति निकेतन र शान्तिपुर माबिको लागि सञ्चालन भएको कम्प्युटर कक्षाले बिद्यार्थीको दक्षता बिकास गर्ने बताए ।
‘परिक्षाको समय नजिकिदै गर्दा कम्प्युटर कक्षा सञ्चालन गर्न लागिएको भए पनि सहजरुपमा सहभागिता जनाइदिन आग्रह गर्दै शिक्षा साखा प्रमुख कार्कीले बिद्यार्थीकै हितको लागि यस प्रकारको कार्यक्रम ल्याएको सुनाए । शान्ति निकेतन माबिका प्रधानाध्यापक हेमन्त आचार्यले बिद्यालयको बिभिन्न कार्यक्रममा जिल्लामा उत्कृष्ठ ठहरिएकाले यस प्रकारको अवसर बिद्यालयले पाएको बताए ।
गाउपालिकाले बिद्यालयलाई सहयोग गरेकोमा प्रधानाध्यापक आचार्यले दुबै बिद्यालयको तर्फबाट धन्यबाद ज्ञापन गरे । तालिममा स्याम्पल कम्प्यूटर इन्चिच्युटका नारायण अर्याल लगायतले प्रशिक्षण प्रधान गर्ने जनाइएको छ । तालिम दुबै बिद्यालयको भवनमा नै सञ्चालन हुने रोङ शिक्षा साखाका प्रमुख ज्ञानबहादुर कार्कीले बताए । अफिस प्याकेजको कोर्षहरु अध्यापन हुने आधारभूत तालिम ३ महिनासम्म सञ्चालन हुने जनाएको छ ।

सम्बन्धित खवर