हेफर र नगरपालिका बिच सहकार्यको प्रस्ताव

हेफर र नगरपालिका बिच सहकार्यको प्रस्ताव

पथरी, हेफर इन्टरनेशनल नेपाल तथा अभियान नेपाल झापामार्फत मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा साझेदारीका कार्यक्रमिक योजना बनाउने प्रस्ताव अघि बढेको छ ।

नगरपालिकाका जनप्रतिनिधिहरुका लागि आधारशिला सम्बन्धी ३ दिने तालिम समापनमा हेफरका इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवन्धक दिपेश पोखरेल, अभियान नेपालका अध्यक्ष प्रेम गिरी तथा पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई सहितका जनप्रतिनिधिकाबीच साझेदारीको प्रस्ताव अघि बढेको हो ।

हेफर इन्टरनेशनल नेपालको सहयोगमा इलामको श्रीअन्तुमा सम्पन्न तालिममा हेफरको २५ र पालिकाहरुको ७५ प्रतिशतको सहकार्यमा कृषि पशु सहितका योजनाहरु अघि बढाउने कार्यक्रमका बारेमा केन्द्रमा छलफल भइरहेको जानकारी गराइयो । त्यस प्रकारको कार्यक्रम स्वीकृत भएमा पथरीशनिश्चरेमा पनि सोही प्रकारको सहकार्य अघि बढ्ने हेफरका प्रवन्धक पोखरेले प्रतिवद्धता जनाए । त्यसका साथै नगरका वडाहरुलाई समेटेर आधारशिला तालिम सञ्चालन र अभियान नेपालमार्फत कार्यक्रम सञ्चालन भएको नगरको चौतारी सामाजिक उद्यमी महिला सहकारीको कार्यक्षेत्र विस्तार गर्ने प्रस्तावमाथि पूर्ण सहमति भएको छ ।

तालिममा नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला सहित कार्यपालिका सदस्यहरु तथा बिभाग प्रमुख कर्मचारीहरुको सहभागिता रहेको छ ।

अभियान नेपालका अध्यक्ष प्रेम गिरी, हेफरका दिपेश पोखरेल र ऋषिराम पौडेलले सकारात्मक सोच, स्वनेतृत्व, मुल्यमा आधारित विकास, ब्यक्ति र समाज रूपान्तरका १२ वटा आधारशिलाका विषयमा सहजिकरण गरेका थिए । नगरलाई कसरी सबै पक्षबाट सम्बृद्ध बनाउन सकिन्छ भन्ने सन्दर्भमा तालिम केन्द्रित रहेको थियो ।

सम्बन्धित खवर