महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन हुन नदिन सरकारले गरिवी निवारण गर्ने कामलाई जोड दिएको बताएका छन्। मन्त्री गुरुङले मानव बेचबिखन हुनुको मुख्य कारण गरिवी रहेको औंल्याउँदै त्यसको अन्त्य गर्ने अभियानमा अघि बढेका सबै संघ, संस्थासँग सहकार्य गरेर अघि बढ्न सरकार प्रतिवद्ध रहेको बताए ।
उनले मानव बेचबिखनविरुद्धको अभियानमा उत्कृष्ट काम गर्ने संघ, संस्थालाई सरकारले पुरस्कृत गर्ने र त्यस अभियानको नाममा गलत काम गर्ने संघ, संस्थालाई कडा कारबाही गर्ने चेतावनी दिए।
