अमेरिकी इन्डो प्यासिफिक रणनीति कार्यान्वयन गर्ने अस्त्र भनिएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सहायतालाई श्रीलङ्काले स्थगित गरिदिएको छ। एमसीसीका नाममा आएको सहायता स्वीकार गर्नेरनगर्नेबारे नेपालमा विवाद जारी रहँदा अर्को दक्षिण एसियाली मुलुक श्रीलङ्काले तत्काल यसलाई अघि नबढाउने निर्णय गरेको हो।
एमसीसी परियोजनाबारे विस्तृत अध्ययन गरेपछि मात्रै यसलाई अघि बढाउने या नबढाउनेबारे निर्णय हुने श्रीलङ्काका राष्ट्रपति गोटाभाया राजापाक्षेले जानकारी दिएका छन्। एमसीसी परियोजना अघि बढाउँदा मुलुकको स्वतन्त्रता र सार्वभौमिकतामा आघात पर्ने भन्दै अदालतमा रिट दायर भएको थियो।
शनिबार एक ट्वीट गर्दै राजापाक्षेले देशमा प्रस्तावित अमेरिकी सहायताले पार्ने प्रभावबारे विस्तृत अध्यनन गराएर मात्रै आवश्यक निर्णय लिने उल्लेख गरेका छन्। एमसीसीबारे अध्ययन गर्न कोलम्बो विश्वविद्यालयका प्राध्यापक ललिथश्री गुनवारुवनको संयोजकत्वमा कार्यदल नै गठन गरिएको छ।
अमेरिकाले नेपाललाई पाँच मिलियन डलर (करिब ५५ अर्ब रुपैयाँ) र श्रीलङ्कालाई चार सय ८० अर्ब (करिब ४८ अर्ब रुपैयाँ) बजेट दिने जनाएको थियो। श्रीलङ्काका नागरिकहरुले पनि एमसीसी परियोजनाको व्यापक विरोध गरिरहेका छन्।
नेपालमा जस्तै त्यहाँ पनि अमेरिकी खेमाका अर्थशास्त्री एवं झिनो संख्यामा रहेका सरकार विरोधीहरुले अमेरिकी सहायतालाई जसरी पनि कार्यान्वयन गर्नुपर्ने बताइरहेका छन्।
