कमल ७ का विपन्नलाई न्यानो कपडा वितरण

कमल ७ का विपन्नलाई न्यानो कपडा वितरण

झापाको कमल गाँउपालिका वडा नम्बर ७ का दुई वटा टोलका विपन्न समुदायलाई शनिवार जाडोका लागि न्यानो कपडा वितरण गरिएको छ । कमल ६ स्थित साझा कपडा बैकले कमल ७ को लालधोन्द्रा र ठुलो बाह्घरेमा छुटाछुटै शिविर सञ्चालन गरि त्यस क्षेत्रका विपन्न परिवारका २३८ जनालाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको हो ।
गत मंसीर १६ गतेदेखि कमल ६ का युवाहरुको सक्रियतामा स्थापना भएको सो कपडा बैकले जाडोमा प्रयोग गरिने सर्ट,पेन्ट,ज्याकेट,जुत्ता लगायतका सामाग्रीहरु वितरण गरिएको कपडा बैंक सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले वताए । उनका अनुसार साझा कपडा बैंकले यसअघि कमल ६ स्थित वडा कार्यालयको परिषरको एक कोठामा कार्यालय खोलेर सेवा सञ्चालनमा ल्याईएको छ ।
‘आवश्यक भए लानुहोस,बढी भए दिनुहोस’ भन्ने सन्देसका साथ शुरु गरिएको कपडा बैंकको सेवालाई थप सेवा प्रभावकारी वनाउन पहिलो पटक शिविर खडा गरि त्यस्तो सहयोग प्रदान गरिएको कोषाध्यक्ष बहादुर ताजपुरियाले वताएका छन् । शिविर आवश्यकता परेका स्थानमा सञ्चालन गरिने र दैवीप्रकोप जस्ता संभावित दुर्घटनाका बेला राहत पुरयाँउन कपडा बैंकमा समेत पर्याप्त कपडा संकलन गर्न लक्ष्य राखिएको वताईएको छ ।
३२ जना युवाहरुबाट स्वतफूर्त शुरु गरिएको सो कपडा बैकमा हाल १०३ जना आवद्ध छन् । बैकमा आवद्ध हुनेले सदस्य वापत रु १ हजार समितिमा बुझाएको कोषाध्यक्ष ताजपुरियाले जानकारी दिए । संकलित रकम कार्यालय सञ्चालनका लागि खर्च गरिने जनाईएको छ ।
अभियान अन्र्तगत कपडा बैंकमा हालसम्म ७९ जना दाताले कपडा दिएको,८ परिवारलाई ओढ्ने,ओछ्याउने दिएको र त्यस्तो सेवा लिने संख्या ९०९ जना पुगेको सचिव राम मिश्रले जानकारी दिए ।
मिश्रका अनुसार अभियान अन्र्तगत स्वेच्छिक रुपमा पुनः प्रयोग हुने कपडा र वजार वजार पुगेर कपडा संकलन गरिआएको छ । कपडा बैंकमा इच्छुकले लत्ताकपडादेखि घरायसी समान समेत दिन सक्ने र त्यसको अभिलेखीकरण समेत गरिदैआएको उनले वताएका छन् ।

सम्बन्धित खवर