सहिद स्मारक ए डिभिजन लिगमा आज (शनिबार) दुई खेल हुँदैछन् । शनिबार लिगको दशौँ खेलमा सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यान्न १२ बजे सुरु हुनेछ । त्यस्तै दिनको दोस्रो खेलमा गत सिजनको उपबिजेता संकटा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।
दशरथ रंगशालामा खेल दिउँसो ३ बजे सुरु हुनेछ । लिगको पहिलो खेलमा सरस्वती युथ क्लबले लज्जास्पद हार ब्यहोर्यो । पहिलो खेल जित्ने लक्ष्य राखेको काठमाडौं तीनकुनेको क्लब राजुकाजी शाक्य नेतृत्वको एनआरटीसंग ४–० को फराकिलो हार ब्यहोर्यो ।
लिगको सुरुवाती खेलमा जावलाखेलले थ्री स्टारलाई बराबरीमा रोक्दै अंक बाँडेको थियो । न्युरोड टिम एनआरटीले लिगको पहिलो खेलमै प्रभाबशाली जित निकाल्यो । पहिलो खेलमा च्यासलसंग हारेको संकटा अंक जोड्ने लक्ष्य सहित मैदान उत्रन चाहन्छ ।
