पुस ५, २०७६
पोखरामा जारी पोखरा प्रिमियर लिग पीपीएलमा आज विराटनगर टाईटन्स र काठमाडौं गोल्डन वारियर्सबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रङ्गशालामा विहान साढे ११ बजेपछि सुरु हुने खेलमा विराटनगर प्रदिपसिंह ऐरी र काठमाडौं ज्ञानेन्द्र मल्लको कमानीमा मैदान उत्रने छन्। आफ्ना सुरुवाती तीन खेलमध्ये १ मा मात्रै जित निकालेको काठमाडौंका लागि अघिल्लो चरण प्रवेश गर्न आजको खेल महत्वपुर्ण मानिएको छ ।
काठमाडौं तालिकाको तेश्रो स्थानमा छ । पछिल्लो खेलमा कीर्तिमानी शतक प्रहार गरेका ज्ञानेन्द्र मल्लका कारण पनि आजको खेल निकै रोमाञ्चक हुने आशा गरिएको छ ।
२ खेल मात्रै खेलेको विराटनगरले १ खेलमा हार र एक खेलमा जित निकालेकाले आजको खेलमा काठमाडौंलाई हराए अघिल्लो चरण प्रवेश सहज हुने छ । धनगढीसँग पहिलो खेल गुमाएपनि पोखरालाई हराएर विराटनगरले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेको थियो ।
