विप्लवका दुई कार्यकर्ता धरौटीमा रिहा

विप्लवका दुई कार्यकर्ता धरौटीमा रिहा

एनसेल टावर आगजनी तथा विष्फोट गराएको आरोपमा पक्राउ परेका नेकपा विप्लव समूहका दुईजना कार्यकर्ता पक्राउ परेको चार महिनापछि धरौटीमा रिहा भएका छन् ।
झापाको बेलडाँगीस्थित एनसेल टावरमा आगजनी तथा अन्य संरचना विष्फोट गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेका समूहका कोषाध्यक्ष दमक–४ का २८ वर्षीय पुकार योञ्जन तामाङ र नगरइञ्चार्ज सोही नगरपालिका–२ का ३० वर्षीय विनोदकुमार राई झापा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् ।
प्रहरीले उनीहरूलाई गत साउन २० गते दमकबाट नियन्त्रणमा लिई भदौ २९ मा झापा जिल्ला अदालतमा विष्फोटक पदार्थ कसूरमा मुद्दा दर्ता गराएको थियो ।
मुद्दा दर्ताको भोलिपल्ट अदालतले थुनछेकको आदेशबाट जनही ३० हजार नगद धरौटी खुलाएको थियो । तत्काल धरौटी बुझाउन नसकेपछि उनीहरूलाई भदौ ३१ गते झापा कारागार चलान गरिएको थियो ।
कारागारमा रहेकै समयमा पुस २ गते अदालतमा धरौटी रकम बुझाएपछि पुस २७ गते हाजिर हुने गरी अदालतले तारिख दिएको अदालतका श्रेस्तेदार दुर्गाप्रसाद खनालले जानकारी दिए

सम्बन्धित खवर