सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिती बैठकमा आज राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिदैँ हुनुहुन्छ । ५ दिनयता जारी स्थायी समिति बैठकमा अमेरिकी विकास नियोग एमसीसीका विषयमा सदस्यहरुबीच मत बाझिएको छ ।
अधिकांशा सदस्यहरुले एमसीसी राष्ट्रिय हित विपरित भएको भन्दै संसदबाट अनुमोदन नर्गन नेतृत्वको ध्यानाकर्षण गराएका छन् । यस्तै भारतसंगको सीमा विवाद सम्वन्धमा समेत स्थायी समिति बैठकबाट ठोस निर्णय आउनुपर्ने अधिकांश सदस्यहरुको माग छ ।
अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमै पार्टीमा गुट उपगुट झाँङ्गिदा समग्र पार्टी र सरकार संचालन प्रक्रीयामा नै असर परेको उल्लेख छ । स्थायी समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले भने नेतृत्वबाटै गुट–उपगुटको अन्त्य हुनुपर्ने बेताएका छन् । स्थायी समिति बैठकमा उठेका अधिकांश विषयहरुमा अध्यक्षले आज जवाफ दिनुहुने नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिनुभयो ।
बैठकमा महासचिव विष्णु पौडेलले बोलेपछि अध्यक्ष दाहालले जवाफ दिनुहुने छ । स्थायी समिति बैठकमा अध्यक्ष दाहालले राजनीतिक र महासचिव पौडेलले विधान संशोधन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष दाहाल र महासचिव पौडेलले बोलिसकेपछि प्रतिवेदन पारित हुने नेम्वाङले बताउनुभयो ।
