बसको ठक्करबाट झापामा एकजनाको मृत्यु

बसको ठक्करबाट झापामा एकजनाको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान यात्रुवाहक बसको ठक्करबाट इलाम घर भई कनकाई नगरपालिका–३ लक्ष्मीपुर बस्दै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेलको मृत्यु भएको हो ।
बिर्तामोडस्थित कृषि थोक बजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज बिहान बिर्तामोडस्थित पश्चिम वस स्टयाण्ड नजिकै ना ४ ख ६११६ नम्वरको वसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

सम्बन्धित खवर