त्रिविको दीक्षान्त आज

त्रिविको दीक्षान्त आज

त्रिभुवन विश्वविद्यालयले आज ४५ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ । दीक्षान्त पुल्चोकमा इन्जिनियरिङ क्याम्पसको खेल मैदानमा हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार यसपटक दीक्षान्त समारोहमा १० हजार १ सय ८३ विद्यार्थीले दीक्षान्तको लागि फारम भरेका छन् । ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजारले मात्रै फारम भरेका हुन् ।
त्रिविले यसपटकको दीक्षान्तमा विशेष अतिथिका लागि बंगलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर मोहम्मद अतिरुज्मानलाई बोलाएको छ ।

सम्बन्धित खवर